आइतबार ३१ आश्विन २०७८

#अहिले पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन्। अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्ने धारण राख्नेको संख्यासमेत ठूलो छ। सत्य के हो त ???

के हो परिवार नियोजन ???

परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ। खासगरि नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थयी बन्ध्याकरण भनी बुझ्छन्। तर, त्यसो नभएर परिवार नियोजन भनेको सहि परिवारको योजना नै हो।

खासगरि परिवार नियोजन दुई प्रकारले गर्न सकिन्छ। एउटा स्थायी बध्याकरण र अर्को अस्थायी साधनहरुको प्रयोग हो।

तीन महिनादेखि १० वर्षसम्मको अवधिसम्म गर्भ निरोधकको रुपमा अस्थायी साधनको प्रयोग गर्न सकिन्छ। उपयुक्त जन्मान्तरको लागि यस्तो साधनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

#अस्थायी साधन

*महिलाले पिल्स ट्यााव्लेड, डिपो (संगीनी सुई), इम्प्लान्ट र पुरुषले कण्डमको प्रयोग गरि सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ।

* अस्थायी साधनको रुपमा महिलाले कपर टीको पनि प्रयोग गर्न सक्छन्। यसलाई एक पटक पाठेघरमा राखेपछि पाँचदेखि १२ वर्षसम्म गर्भ निरोधकको काम गर्छ।

* खासगरि सन्तानको रहर पुगिसकेपछि स्थयी बन्ध्याकरणको साहारा लिने गरिन्छ। स्थायी बन्ध्याकरण पुरुष र महिलाको लागि फरक फरक तरिकाले गरिन्छ । पुरुषको लागि भ्यासेक्टोमी गरिन्छ भने महिलाको लागि मिनील्याप।

*भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शुक्रकिट बहने नलिलाई काट्ने हो । यसो गरेमा पुरुषबाट शुक्रकिट वाहिर र्झन पाउँदैन।

*मिनिल्यापमा पुरुषको सुक्रकिट महिलाको पाठेघर हुँदै फर्टिलाइजेसन बच्चा बन्ने ठाउँसम्म पुगेपनी महिलाको डिम्ब, डिम्ब नलि काटेका कारण महिलाको पाठेघरको डिम्बनली जहाँ फरटिलाइजेसन हुने ठाउँसम्म आईपुग्न सक्दैन र बच्चा बन्ने प्रकृय रोकिन्छ।


Last Updated on: January 17th, 2021 at 5:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया