आइतबार १९ मंसिर २०७८

गोदावरी क्षेत्रसँगै पुरानो काठे पुललाई पर्यटकीय क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने ध्ययका साथ फहराइएको नेपालको झण्डा अज्ञात समूहले फालिदिएका छन्। ८ फिट लम्बाइको झण्डा राखिएको ३० फिट अग्लो खम्बा सोमबार भाच्चि एको अवस्थामा र झण्डा फ्याकिएको अवस्थामा फेला परेको हो।

गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पूरानो पुलमा झण्डा राखिएको थियो । पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्तीका र राष्ट्रिय एकता दिवसको अवसरमा ४ महिना अगाडी राखिएको झण्डा पहिल्लो समय सामाजिक सञ्जाल टिकटकमा चर्चित बनेको थियो ।

तर झण्डाको अपमान हुने गरी मंगलबार राति भने अज्ञात समूहले तोडफोट गर्दै झण्डा फालिदिएका छन्। थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले झण्डा राखिएको डण्डी झुकाइएको र त्यसमा रहेको झण्डा २ सय मिटर पर भूइमा फालेको अवस्थामा फे’ला परेको बताए । उनले झण्डाको अपमान गरिएको बारेमा जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएको बताएका छन्।


Last Updated on: March 30th, 2021 at 8:00 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया