मंगलबार १९ साउन २०७८

दिनभरको कामले थाकेर लखतरान भएको मानिस जब बेलुका #विस्तरामा पल्टिन्छन् उनीहरुको चाहना मिठो निद्रा लिने हुन्छ।
गहिरो र आरामदायक निद्राले दिनभरको थकान भगाएर शरीरमा स्फूर्ति र ताजागी आइदियोस् भन्ने लाग्छ।
मस्त निद्रा लाग्नु वा निदाउनु स्वस्थ्य शरीरको परिचयक हो। जबकी निद्रा खलबलिन्छ वा राम्ररी निद्रा लाग्दैन भने त्यसले शारीरिक वा मानसिक समस्याको संकेत गर्छ।

*)शरीरलाई खाना, पानी, हावा जति आवश्यक छ, उतिनै निद्रा पनि। मस्त निदाउन सकिनएन भने त्यसले अनेकथरी रोग निम्त्याउने भय रहन्छ।

*)एक स्वस्थ र वयस्क मानिसको लागि ६-७ घन्टाको निन्द्रा आवश्यक पर्छ तर, साना बच्चाहरुको लागि १०-१२ भने घन्टाको निद्रा जरुरी हुन्छ । त्यस्तै वृद्धवृद्धाको लागि भने ५-६ घन्टाको निद्रा नै काफी हुन्छ।

*)रातमा राम्रो निन्द्रा नआउनाले मानिसले केयौं किसिमका शारीरिक समस्याहरुको सामना गर्नुपर्छ। आँखामुनि कालो घेरा बस्ने, घुर्ने, चिडचिडाहट र एकाग्रतामा कमी, निर्णय लिन समस्या, पेटको गडबडी, उदासी, थकान जस्ता समस्याहरुले सताउन थाल्छ।

*)किन आउँदैन त रातमा निन्द्रा ?

निन्द्रा नआउने धेरै कारणहरु हुन सक्छन्। जस्तैः चिन्ता, तनाव, निराशा, रोजगारसँग जोडिएका समस्या, मानसिक र भावनात्मक असुरक्षा वा अन्य कुनै कारणले मानिसलाई राती निन्द्रा आउँदैन।

यसबाहेक समयमै नसुत्ने, चिया वा कफी धेरै पिउने, कुनै समस्या वा बिरामी, ढिलो खाना खाने वा भोकै सुत्ने, ढिलोसम्म टिभी इन्टरनेट वा मोबाईल फोनमा व्यस्त हुने, दिनभर कुनै काम नगर्ने आदी कारणले पनि मानिसलाई निन्द्रा लाग्दैन।

सजिलै सँग निदाउन के गर्ने ?

*)जसलाई दिनमा बारम्बार चिया वा कफि पिउने बानी छ उनीहरु राती छिटै सुत्न सक्दैनन् । चिया वा कफीमा पाइने क्याफिनले निन्द्रामा बाधा उत्पन्न गर्छ । यसैले खास गरि सुत्नभन्दा पहिले यसको सेवन गर्नुहुँदैन।

*)यदि कुनै कुरालाई लिएर तनावमा हुनुहुन्छ भने कुनै निर्णय गर्न सक्नुहुँदैन भने पनि निन्द्रा डिस्टर्ब हुन्छ । यस्तोमा तपाईंले त्यसबारेमा सोच्न छोड्नुपर्छ । राम्रो र गहिरो निन्द्राको लागि दिमाग शान्त रहनपर्छ।


Last Updated on: January 17th, 2021 at 6:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया