आइतबार ३० जेठ २०७८

#कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नेपालमा कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा गरेको छ ।सिंहदरबारमा आइतबार बसेको सीसीएमसी बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आगामी रणनीतिका बारेमा समिक्षा भएको हो ।
त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दे निषेध गरिएका क्षेत्रलाई खुल्ला गरिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको एक सदस्यले जानकारी दिए ।
बैठकमा आगामी रणनीतिका बारेमा छलफल भएपनि कुनै ठोस निष्कर्षमा नपुगिएको र त्यस बिषयमा आगामी बैठकमा छलफललाई निरन्तरता दिने गरी आइतबारको बैठक सकिएको उनले बताए ।यसअघि बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण उच्च भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सिफारिस गरेको थियो । यसैगरी बन्द रहेका क्षेत्रलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न समेत सिफारिस गरेको थियो ।


Last Updated on: January 17th, 2021 at 6:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया