मंगलबार १४ मंसिर २०७८

काठमाडौँ । बाहुबली फिल्मकी तमन्ना भाटिया साउथकी चर्चित अभिनेत्री हुन् । उनी साउथ फिल्मको मात्र नभएर बलिउडको पनि चर्चित अभिनेत्री हुन् ।अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।

उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा ‘चाँद सा रोशन चेहेरा’बाट गरेकी थिइन् । हालसम्म उनले बलिउड र साउथ गरी कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । बाहुबली मा अभिनय गरेपछि उनको चर्चा झनै चुलिएको हो ।

केही समय अघि मात्र उनी आफ्नो नयाँ अपार्टमेन्टको कारण चर्चामा आएकी थिइन् । उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् । त्यसका साथै यसको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् ।जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ ।तमन्ना अहिले कंगना रनौतको अवार्ड विजेता फिल्म क्विनको तमिल रिमेकको सुटिङमा व्यस्त छिन् । यो फिल्मको तमिल नाम महालक्ष्मी राखिएको छ ।


Last Updated on: March 30th, 2021 at 2:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया