मंगलबार १४ मंसिर २०७८

मुम्बई । साउथ सुपरस्टार प्रभासका फिल्मले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने गर्दछ । उनको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । फिल्मका सुपरस्टार प्रभासको लाइफ स्टाइल पनि सानदार रहने गर्दछ । कयौं सम्पतिका मालिक प्रभास कारको पनि सौखिन छन् । उनको ग्यारेजमा कयौं महँगो गाडीको कलेक्सन छ ।

प्रभासको कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्यान्टम, ५० लाखको बीएमडब्यु एक्स ३, ४ करोडको रेन्ज रोवर र ३० लाखको सेडान कार स्कोडा सुपर्व समेत सामेल रहेको छ ।
यो कलेक्सनमा अर्काे एक कारण थपिएको छ । त्यो हो ६ करोडको लेम्बोर्गिनी एवेन्टाडोर एस रोडस्टर प्रभासले यो कार हालै किनेका हुन् । बुबा सुर्यानारायण राजुको जन्मदिनको अवसर पारेर उनले ६ करोडको यो गाडी किनेका हुन् । प्रभासको अभिनयमा प्रवेश गरे देखिको यो कार किन्ने सपना रहेको थियो । त्यसका लागि उनले निकै मिहिनेत गरेर र सपना समेत पुरा गरे ।

कामको कुरा गर्ने हो भने प्रभासले हालै फिल्म ‘राधे श्याम’को सुटिङ सकाएका छन् । यसको अलवा उनी ‘आदि पुरुष’ र ‘सलार’मा समेत व्यस्त रहेका छन् ।


Last Updated on: March 30th, 2021 at 3:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया