मंगलबार १४ मंसिर २०७८

काठमाडौँ । प्राकृतिक रूपमा पाइएको सुताइ मानव स्वास्थ्यका लागि अति नै आवश्यक हुन्छ। शास्त्र अनुसार सुत्ने पनि नियम उल्लेख गरिएको छ।

यहाँ सुत्दा अपनाउनु पर्ने नियमबारे चर्चा गरिएको छ। हामी जव दिनभरी काम गरेर थाक्छौं। शरीरको उर्जा कम हुन्छ। शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ। शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ। तर सुताइका पनि नियम छन्।

सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नु पर्छ। सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु अघि दिशा पिसाव पनि गरिसक्नु पर्छ। सयन कक्षमा भगवानका चित्र हुनु राम्रो मानिन्छ। सूर्योदय भन्दा अघि नै उठिसक्नु पर्छ।

पूर्व सिरानी

पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा मेमोरी पावर बढ्ने एवं मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने जनाइएको छ। बिशेषत बिध्यार्थिबर्गहरूलाई यो दिशामा सिनानी लगाएर सुत्न फलदाइ बताइन्छ।

पश्चिम सिरानी

पश्चिम दिशामा सिरानी लगाएर सुत्नु पनि ठिकै मानिन्छ। यो दिशामा सिनानी राखेर सुत्नाले नाम, दाम तथा रिपुटेसन अनी सम्बृद्री प्राप्त हुने शास्त्रको दावी छ।

उत्तर सिरानी

सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । बिषेषत मृत् व्यक्तीहरूलाइ उत्तर दिशा तर्फ सिराने राखेर सुताइने गरिन्छ।

दक्षिण सिरानी

सुत्ने समयमा दक्षिण पट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।

बायाँ कोख सुत्ने गर्नुहोस्

राति सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ।

नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ ।मानव स्वास्थ्यकालागि यो सुताइ आवश्यक पनि छ।


Last Updated on: March 30th, 2021 at 9:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]ail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया