शनिबार ११ मंसिर २०७८

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्।

बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

उनले आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा रहेको बेला कुर्सी भने पुरानै कायम हुने भएका छन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।

सचिव पुनले गठबन्धन सरकार भएका कारण माओवादीका सांसदहरु पनि आज पुरानै स्थानमा सत्ता पक्षको कुर्सीतिर नै बस्ने बताए ।


Last Updated on: March 31st, 2021 at 12:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया