मंगलबार ०९ कार्तिक २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भाइरल भएको छ। भिडियोमा उनीनिदाएपछि कोमल वलीले उनलाई उठाएको भिडियोमा देख्न सकिन्छ ।

सँगैको स्टेजमा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि देखिन्छन्।रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रमा उनी निदाएका हुन् ।

विकास अर्याल नामक टिकटकमा बनेको उक्त भिडियो खड्योथ नामको ट्वीटर ह्याण्डल गर्ने व्यक्तिले सार्वजनिक गरेका छन्। टिकटकमा २१ हजार ३ सयले हेरेका छन् भने ट्वीटरमा संचारमन्त्री पार्वत गुरुङ, क्याप्सन अफ्द इयर लगायतका कमेन्ट आएका छन्।

केहीदिन पहिलामात्र वनमन्त्री प्रेम आले भाइरल भए। उनले ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र हामीले अक्सिजन दिन्छौं’

भन्ने शब्दले गर्दा अहिले पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुने वित्तिकै अक्सिजन फाल्ने मन्त्रि आए भन्ने जन आवाज सुनिन्छ।


Last Updated on: March 31st, 2021 at 7:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया