शुक्रबार ०४ आषाढ २०७८

कलाकार शिशिर भण्डारीले दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक मार्फत एउटा सानो ट्रेलर क्लिप सेयर गर्दै ‘फोटो फिरिममा २’ लाई २०७८ साल बैशाख २ गते रिलिज गर्ने जानकारी दिएका हुन्। कलाकार शिशिर भण्डारीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा’ बोलको गीतमा मेल भर्सनमा प्रताप दासको आवाज रहेको थियो भने फिमेल भर्सनमा रचना रिमालको आवाज रहेको थियो। यस्तै सार्वजनिक गीतको ट्रेलर अनुसार ‘फोटो फिरिमा २’ लाई नया नया न्युज नेपाल नामक युटुब च्यानल मार्फत रिलिज गरिने छ।

सांगीतिक जगतमा दर्शकहरुले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल कहिले आउछ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौतुहलता मेटिएको छ। ‘फोटो फिरिममा’ को भिडियोमा माया, विश्वास र घातको एउटा कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो र त्यस कथाको अन्य भने भएको थिएन र दर्शकहरुलाई भने यो कथाको अन्त्य कसरी हुन्छ भन्ने जिज्ञाशा थियो र अहिले पनि छ। दर्शकहरुमा रहेको यो जिज्ञाशा भने ‘फोटो फिरिममा २’ ले मेट्ने छ। यसैबिच शिशिरले गीतको गायक र गायिकाको खुलाशा गरेका छन् । गीतलाई प्रताप दास र रचना रिमालले गाउने भएका छन् साथमा निकै नै प्रतिभाशाली गायक कुमार अभिको पनि यसमा आवाज रहने छ । भिडियो हेर्नुस


Last Updated on: March 31st, 2021 at 8:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया