मंगलबार १९ साउन २०७८

*)फिल्म ‘कबीर सिंह’ हिट भएपछि कुनै फिल्ममा नदेखिएका बलिउड अभिनेता शाहिद कपुर अब नयाँ फिल्म ‘जर्सी’ मा देखिदैछन् । हालै फिल्म ‘जर्सी’ को रिलिज मिती पनि सार्वजनिक भएको छ । गौथम टिन्ननुरीको निर्देशनमा बनेको यस फिल्म आउदो दिपावलीमा रिलिज हुने बताइएको छ ।

sahid.jpg

अभिनेता शाहिदले सामाजिक सञ्जालमार्फत फिल्म रिलिजबारे जानकारी गराएका छन् । उनले सन् २०२१ नोभेम्बर ५ मा आउदो दिपावलीको मौका पारी फिल्म हलमा रिलिज हुने बताएका छन् । गएको डिसेम्बरमा छयांकन पूरा गरेको यस फिल्ममा शाहिदसँगै अभिनेत्री मृणाल ठाकुर को अभिनय रहेको छ।


Last Updated on: January 17th, 2021 at 8:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया