शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ बाट सम्मान गरिने भएको छ ।

बुधबार केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले उनलाई दादा साहेब फाल्के अवार्ड प्रदान गरिने बारे जानकारी गराएको भारतिय मिडियामा जनाइएको छ । ‘दादा साहेब फाल्के अवार्ड’ भारतीय फिल्मको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।

रजनीकान्तलाई ‘दादा साहेब फाल्के’ बाट सम्मान गर्ने बारे जानकारी दिदै जावडेकरले भने – ‘मलाई यो कुराको खुशी छ कि २०१९ को दादा साहेब फाल्के अवार्ड रजनीकान्तले पाएका छन् । ५ सदस्यीय जुरीले एकसाथ यसको सिफारिस गरेका छन् । ज्यूरीमा आशा भोसले, सुभाष घई, मोहन लाल, शंकर महादेवन र बिश्वजीत चटर्जी सहभागी रहेका थिए ।’

भारत सरकारले फिल्म क्षेत्रमा राम्रो योगदान पुर्याउने कलाकारलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ । यसअघि यो अवार्ड अमिताभ बच्चन, विनोद खन्ना,कसिनाथुनी विश्वनाथ लगायतले पाइसकेका छन् ।


Last Updated on: April 1st, 2021 at 12:24 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया