मंगलबार ०९ कार्तिक २०७८

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री तथा चंडीगढ़की भाजपा सांसद किरण खेर मल्टीपल मायलोमा नामको रोगबाट पीडित भएकी छिन् ।

अनुपम खेरकी पत्नी समेत रहेकी उनलाई एक प्रकारको ब्लड क्यान्सर भएको भारतिय मिडियामा बताइएको छ । उनलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो ।

गतबर्षको नोभेम्बर ११ तारिखमा हात भाच्चिएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् । सोही क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । पत्नीलाई क्यान्सर भएको बारे अनुपमले पनि जानकारी गराएका छन् ।

उनले भने – ‘अफवाहबाट दर्शकहरुलाई तनाव नहोस् भन्दै म र सिकन्दर सबैलाई भन्न चाहान्छु की किरणलाई मल्टीपल माइलोमा भएको हो । जुन एक प्रकारको ब्लड क्यान्सर हो । र उनी अहिले अस्पतालमा उपचार गरिरहेकी छिन् । हामिलाई आशा छ की अहिले भन्दा उनी बढी बलियो भएर घर फर्किनेछिन् ।’

किरणले सन् १९८८ मा फिल्म ‘पेस्तोजी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनले हालसम्म सरदारी बेगम, देवदास, वीर जारा, ओम शान्ती ओम लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।


Last Updated on: April 1st, 2021 at 4:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया