मंगलबार ०९ कार्तिक २०७८

काठमाडौं- छोराछोरीहरू शृंगार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन रु त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ ।अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिकजसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ ।पार्वती कार्की टिकटककी पारखी हुन् । उनले बन्दाबन्दीको समयमा आफ्नी ८ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउँथिन् । उनी भन्छिन्, ‘मेकअप गर्दा आफैंले प्रयोग गर्ने सौन्दर्य सामग्री छोरीलाई पनि प्रयोग गर्ने गर्थें । केही दिनपछि त छोरीको अनुहारभरि रातो–रातो बिमिरा आउन थाल्यो । यसले समस्या देखिन थाल्यो ।’


Last Updated on: April 1st, 2021 at 6:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया