मंगलबार ०८ आषाढ २०७८

###वि.सं. २०७५ को सफल फिल्म ‘प्रसाद’ को प्रिक्वेल/सिक्वेल ‘प्रसाद २’ को फागुन १३ गतेदेखि छायांकन थालिने भएको छ ।सौरभ चौधरीले निर्देशन गर्ने यो फिल्ममा ‘प्रसाद’ को स्किृप्ट अन्तिम चरणमा पुगेको निर्माता सुभाष थापाले जानकारी दिए ।खबरहबसँगको कुराकानीमा थापाले भने – फिल्मको फाइनल स्क्रिप्टमा काम भइरहेको छ । अब केही दिनमा स्क्रिप्ट लक गर्छौं ।यसको कथा पत्रकार तथा लेखक सुशील पौडेलले लेखिरहेका छन् । उनले नै ‘प्रसाद’ को स्क्रिप्ट तयार पारेका थिए । सामाजिक कथा बोकेको यो फिल्म बाग्लुङमा छायांकन गरिने भएको छ ।फिल्ममा निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहनेछ । ‘प्रसाद’ ले समीक्षकको तारिफ बटुलेको थियो भने मल्टिप्लेक्समा राम्रो कमाइ गरेको थियो । यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका थिए ।‘प्रसाद २’ मा भने निर्देशक फेरिएका छन् । दिनेश राउत अर्को प्रोजेक्टमा व्यस्त भएकाले निर्देशकमा सौरभ चौधरीलाई लिइएको निर्माण टिमले जनाएको छ ।फिल्मलाई सिक्वेल र प्रिक्वेल दुवै भनिएको छ । अर्थात्, ‘प्रसाद’ मा देखाइएको कथाको अघि र पछि दुवै भागलाई फिल्ममा देख्न सकिनेछ ।


Last Updated on: January 17th, 2021 at 9:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया