बुधबार ०३ कार्तिक २०७८

कन्चनको लक भएको मोवाइल खुलेपछि, खुल्यो यस्तो नयाँ रहस्य
कञ्चन तिमिल्सेना सामाजिक सञ्जालमा निकै चर्चित भएको विषय हो । प्रेमका लागि जिवन त्याग गरेका कञ्चनलाई न्याय दिलाउनुपर्छ भन्दै उनको आमा अहिले काठमाडौमा विभिन्न सामाजिक अगुवा र मानवअधिकारकर्मीलाई भेट गर्दै हिडेकी छन् । उनलाई केही सामाजिक अभियन्ताहरुले साथ पनि दिएका छन् । सामाजिक अभियन्ताको संरक्षणमा रहेकी उनले कञ्चनको मोवाइलको लक खोलेकी छन् । उनले कञ्चनसंग युवतीको परिवारले गरेको कुराकानी समेत सुनेकी छन् ।

जसमा कञ्चनले युवतीको चाहना विपरित आफुले केही पनि नगरेको र दुवै जनाको इच्छा र मायाले विवाह गरेको बताएका छन् । तर युवतीका आफन्तले कञ्चनलाई विपन्न भन्दै अपमान गरेको पनि अडियोमा सुन्न सकिन्छ । उनले युवतीको नाम लिँदै भनेका छन्, हामी दुवैको मन मिलेर विवाह गरेको हो, उनी बच्चा त होइनन् नी । अब हामीले विवाह गरिसक्यौं कञ्चनले फोनमा भनेको सुन्न सकिन्छ ।

कञ्चनले यो सन्सारबाट बिदा लिए । तर उनको परिवारले भोगेको त ना व अझै सकिएको छैन । छोरा गुमाउनु पर्दाको दुख त छँदैछ, त्यसमाथि मानिसका अनेक प्रश्नले उनकी आमा पनि थप दुखमा छिन् । पछिल्लो समय कञ्चन र अनिशा प्रकरणमा १ लाखको कुरो आएको छ । यसको ब्यापक मिडिया चर्चा पनि भएको छ । हालै एक भिडियो सार्वजनिक भएको छ, त्यहाँ एक लाख रकमको बारेमा थप जानकारी समेटिएको छ ।

६६ दिनको लामो बेहोसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए । पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । अनिशाले चिन्दिन भनेपछि कञ्चनले त्यस्तो कदम उठाएका थिए ।


Last Updated on: April 1st, 2021 at 7:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया