मंगलबार ०९ कार्तिक २०७८

काठमाडौँ। बलिउड चलचित्रबाट आफ्नो पहिचान बनाएका मिथुन चक्रवर्ती अहिले भारतीय जनता पार्टी (भाजपा)मा आवद्ध भएका छन्। एक दिग्गज पहिचान बनाइसकेका अभिनेता मिथुनले पश्चिम बंगालको वर्तमान अवस्थालाई दोष दिँदै आफू भाजपामा आवद्ध भएको बीबीसीसँग बताएका छन्।

उनले भने, ’म राजनीतिक करिअर बनाउन मोदीजीलाई समर्थन गरेको होइन। मलाई राजनीतिमा केहि हाँसिल गर्नु नै छैन। यद्यपि, राजनीतिमा आउनुको मुख्य कारण बङ्गाललाई राम्रो बनाउन हो। मैले १९७० मा बङ्गाल छाड्दा यस्तो थिएन, पहिला शान्तिपूर्ण थियो, बङ्गाल सबै राज्यहरुका लागि उदाहरण हुने गर्थ्यो। तर, अहिले हामी पछाडी धकलिंदै जाँदैछौँ।

त्यसैगरी, अहिले बंगालमा डर, त्रासको माहोल छ।’ यसैगरी, उनले १८ वर्षको उमेर देखेको सपना अहिलेसम्म पनि काँधमा बोकेर हिँडिरहेको बताए। ‘जब मैले अलिकति त्यो सपना पुरा गर्न सक्छु वा पुरा भएको देख्छु, जिन्दगीदेखि कृतज्ञ हुनेछु’, बीबीसीसँगको कुराकानीमा मिथुन चक्रवर्तीले भने, ‘एक जमाना थियो हाम्रो परिवार राति फिल्म हेरर निस्फिक्री घर हिँडेर फर्किन्थ्यौँ। तर आज यस्तो माहोल भइसकेको छ कि कुनै घरकी छोरी राति ८/९ बजेसम्म घर फर्केनन् र अझ उनीहरुको फोन लागेन भने एउटा डर र त्रासको माहोल परिवारमा बन्छ।’

यसै सन्दर्भमा उनले थप भने, ’मैले बंगालको अवस्था यस्तो चाहेको होइन, मैले शान्तिपूर्ण बंगाल, खुसी बंगाल चाहेको हो। यहाँको साहित्य, यहाँको मौलिकता, भेषभुषा, कला सबै विस्तारै हराउँदै गएको छ। जसले दुःखी बनाउने गरेको छ । यसैको अन्त्यका लागि प्रयास गरेको हुँ ।’

त्यसैगरी, भाजपालाई समर्थन गरेको भन्ने प्रश्नमा जवाफ दिँदै उनले भने, ’म कुनै पार्टीलाई अंगालेर हिँड्ने मान्छे होइन। म व्यक्ति विशेष मानेर चल्ने मान्छे हो । कुनैपनि राजनीतिक पृष्ठभुमिको पछाडि लागेर हिड्ने मान्छे म होइन, मलाई लाग्छ कुनै व्यक्तिले समाज वा देशको लागि राम्रो गर्छ भने म उसैको समर्थनमा उभिने व्यक्ति हुँ।’

यसैगरी, उनले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो प्रशंसक रहेको बताएका छन्। उनले भने, ’मैले उहाँ (मोदी)को समर्थन गर्छु, उहाँलाई इज्जत दिन्छु वा उहाँको राष्ट्रभक्तिलाई सरहाना गर्छु र कसैले मलाई मोदी भक्त भन्छ भने भन्न दिनुहोस, यो त खुसीको कुरा हो, किन भने मोदीजी आज विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रका महान् नेता हुन्। यो गर्वको कुरा हो ।’


Last Updated on: April 1st, 2021 at 8:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया