शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं – बलिउडका दिवंगत अभिनेता कादर खानका छोरा अब्दुल दुद्दुसको निधन भएको छ । अब्दुलको बिहिबार क्यानडामा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

अब्दुल कादर खानको जेठी श्रीमतिपट्टिका छोरा हुन् । कादरका अब्दुलसहित अन्य दुई छोरा पनि छन् । कादरले फिल्म क्षेत्रमा धेरै योगदान गरे तर छोराहरु भने फिल्म क्षेत्रमा होमिएनन् ।

उनका छोराहरुको फिल्म क्षेत्रमा आउने रुचि कहिल्यै भएन । एउटा छोरा सरफराजले भने सलमानका दुई फिल्ममा मात्र अभिनय गरेका थिए ।

उनले सलमानको फिल्म ‘तेरे नाम’ र ‘वान्टेड मात्र खेले । अहिले उनले नयाँ केटाकेटीलाई अभिनय सिकाउने गर्छन् । अब्दुलको निधन भएपछि बलिउडका कलाकारहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।


Last Updated on: April 1st, 2021 at 8:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया