बिहिबार १० आषाढ २०७८

काठमाडौं – रुघाखोकि लाग्दा धेरैजसो व्यक्तिले विक्स भापोरबलाई औषधिको रुपमा प्रयोग गर्छन् । यसको प्रयोगले केहि व्यत्तिले रुघाखोकिबाट राहत पाएको महशुस गरेका हुन्छन् । यसको सहि प्रयोग गरेमा समस्याको समाधान गर्न सक्छ भने जथाभावि प्रयोग गरेमा अन्य समस्याको जोखिम बढाउँछ । त्यसैले यस्ता सामाग्रीको प्रयोग गर्नु अघि बिज्ञसँग परामर्श लिनु जरुरी हुन्छ ।

विक्सको प्रयोग कति मात्रामा प्रयोग गर्नुपर्छ र कुन उमेर समुहका व्यक्तिले यसको प्रयोग गर्नु उपयुक्त हुन्छ भन्ने बारे केहि व्यक्तिमात्र जानकार छन् । बालबालिकालाई रुघाखोकि लागेमा पनि कतिपय अभिभाबकहरुले विक्सको प्रयोग गरेको पाइन्छ तर विज्ञहरु २ बर्ष नपुगेका बालबालिकालाई विक्सको प्रयोग गर्न नहुने बताउँछन् । विक्सको प्रयोग गर्दा कस्ता सावधानी अपनाउने त्यससम्बन्धि केहि जानकारी यस प्रकार रहेका छन् ।

रुघाखोकी लाग्दा प्रयोग गरिने विक्स २ बर्ष भन्दा कम उमेरका बालबालिकालाई प्रयोगमा ल्याउनु सुरक्षित हुदैँन ।

३ महिना देखि २ बर्षसम्मको बालबालिकालाई कपूर रहित गैर औषधी विक्स प्रयोग गर्न सकिन्छ ।

बालबालिकाको नाक, मुख, आँखा वरिपरि विक्स दल्नुहुदैँन घाटि र छातिमा मात्र प्रयोग गर्नुपर्छ ।

विक्स बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्छ । यो घाउमा प्रयोग गर्न हुदैँन । साथै तताएर पनि प्रयोग गर्नुहुदैँन ।


Last Updated on: April 1st, 2021 at 8:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया