मंगलबार ०९ कार्तिक २०७८

बलिउड नायिका दिया मिर्जा १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएकी हुन् । नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् ।

उनले बैभव रेखीसँग विवाह गरेकी हुन् ।

बैभवको पनि पहिलो विवाह सफल हुन सकेन । उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग निकट भएपछि बैभवको सम्बन्ध बिच्छेद भएको बताइन्छ ।

दिया मिर्जा आफ्ना श्रीमान् वैभव रेखीसँग आजकाल मालदिभ्समा हनिमून मनाइरहेकी छिन् । आए एप्रिल फस्टमा उनले आफु गर्भवती भएको खुलासा गर्दै एउटा फोटो शेयर गरेको छिन् । चार तिर बाट प्रशंशा बटुलिरहेकी दिया अहिले आलोचनाको शिकार खेप्न बाध्य भएकी छिन् ।

उनले भारतको संस्कार भन्दा माथी गएर विवाह अगाडी नै गर्भवती भएको भन्दै गाली खाइरहेकी छिन् । तर उनको त्यो पोष्ट एप्रिल फुलको लागि मात्र हो कि ?


Last Updated on: April 1st, 2021 at 9:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया