मंगलबार ०९ कार्तिक २०७८

काठमाडौं । नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर कायस्थ, धु्रव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ छन् ।
साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा. शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको निर्माण कार्य भारत सरकारको सहयोगमा चाँडै अगाडि बढाउन लागिएको जानकारी दिएका थिए ।


Last Updated on: April 1st, 2021 at 9:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया