आइतबार ०७ कार्तिक २०७८

अमेरिकाको फ्लोरिडाकी एक युवती आफ्नो विचित्रको सोखका कारण सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । २१ वर्षकी सेफरोन ड्रेविट बेर्लो नामकी

यी युवतीलाई सपिङको यस्तो सोख छ कि उनी मिनेटमै लाखौं रुपैयाँ खर्च गर्छिन् । तर, आफ्नो बैंक खातामा रकम १ मिलियन डलरभन्दा कम भयो भने उनी

रुन्छिन् । द सनको रिपोर्टअनुसार सेफरोन बेलायतका पहिलो समलिंगी पिताहरु बेरी र टोनी ड्रेविट बेर्लोकी छोरी हुन् । उनका पिताहरु अर्बपति छन् । बेरी र टोनी

अहिले भने छुट्टइसकेका छन् । तर, पिताहरु अर्बपति भएका कारण सेफरोनले पानीझैं पैसा बगाउँदै आएकी छिन् । सेफरोनले डिजाइनर सामान र सौन्दर्यको

लागि पैसा खर्च गर्छिन् । सेफरोनका अनुसार एक दिन त उनले एउटा पुन पार्टीमा ८५ हजार डलर खर्च गरेकी थिइन् । सेफरोनका अनुसार यो घटनाका कारण

उनका पिता पनि रिसाएका थिए । सेफरोनलाई हुर्किंदै गर्दा हरेक महिना ५ हजार डलर दिइन्थ्यो । सेफरोनको पालनपोषण अन्य ४ दाजुभाइसँग भएको हो ।

उनका दाजुभाइले पनि यस्तै गरी पैसा पाउँथे । सेफरोनले क्रेडिट कार्डबाट पनि सपिङ गर्थिन् र उनको कार्डमा खर्चको कुनै सीमा निर्धारित थिएन । तर, ठूली

भएपछि भने सेफरोनलाई परिवारको तर्फबाट मासिक खर्च दिन बन्द गरिएको छ । अहिले सेफरोनको आफ्नै ब्युटी कम्पनी छ जसबाट आम्दानी हुन्छ । हालै

महामारीका कारण व्यवसायमा गिरावट आएपछि उनका पिताले उनलाई १५ मिलियन डलर दिएका थिए । पिताबाट अतिरिक्त पैसा पाएपछि सेफरोनले करिब १ लाख

डलर सर्जरीमा खर्च गरिन् । आफ्नो बैंक ब्यालेन्सका विषयमा कुरा गर्दै उनले बैंकमा यति नै पैसा छ भनेर भन्न आफूलाई असहज लाग्ने बताइन् ।

उनका अनुसार उनको खातामा थुप्रै पैसा छ तर पैसा कम भयो भने उनी रुन्छिन् । अहिले सेफरोन धेरैजसो पैसा क्लव, मदिरा र विदामा खर्च गर्छिन् ।


Last Updated on: April 2nd, 2021 at 6:16 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया