शुक्रबार ०४ आषाढ २०७८

सबै बालबालिकाको पहिलो दाँत आउने समय एउटै हुदैँन । कोहि बालबालिकाको छिट्टो आउँछ त कोहि बालबालिकाको ढिला आउँन सक्छ ।

केहि अभिभाबकहरु सानो उमेरमा दाँत उम्रेको बालबालिकासँग तुलना गरेर आफ्नो बच्चाको दाँत आएन भनेर तनाब लिन थाल्छन् । सामान्यतय बालबालिकाको दाँत ४ महिना देखि १५ महिनासम्ममा आउने गर्दछ ।

२५ प्रतिशत बालबालिकाको दाँत ढिलो उम्रने बिज्ञहरु बताउँछन् । विभिन्न कारणले बालबालिकाको दाँत ढिला उम्रने सक्छ। त्यसमध्ये केहि कारणहरु यस्ता छन् ।

बंशानुगत,

थाइराइड र अन्य हर्मोनको समस्या,

भिटामिन डि को कमी, कुपोषण,

रगतको कमी,

उमेर नपुगी जन्मेका कम तौलका शिशुहरु,

मानसिक र शारीरिक विकास ढिलो हुनु

दाँत ढिला आउँदा बांगो टिंगो दाँत आउने, एकै ठाउँमा २ ओटा एकै समयमा आउने, समयमा चपाउन नसक्ने, गिजा भित्र सिस्ट बन्ने जस्ता असरहरु देखिन सक्छन् ।

बालबालिकाको १५ महिनासम्म पनि दाँत नउम्रेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।


Last Updated on: April 2nd, 2021 at 6:49 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया