सोमबार ०७ आषाढ २०७८

काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आफुलाई कोरोना संक्रमण भएको बारे आलियाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । उनले आफु कोरोना संक्रमित भएको र अहिले होम आइसोलेसनमा बसेको बताएकी छिन् ।

यसअघि उनका प्रेमी रणवीर कपुराई पनि कोरोना संक्रमण भएको थियो । अहिले रणवीर कोरोना मुक्त भइसकेका छन् ।

भारतमा कोरोना महामारी तिब्र गतिमा बढीरहेका बेला आमिर खान, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी लगायतका कलाकारमा पनि संक्रमण देखिएको छ ।


Last Updated on: April 2nd, 2021 at 9:56 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया