बुधबार ०३ कार्तिक २०७८

बलिउड चर्चित सुपरस्टार हुन् सलमान खान । बलिउडमा भने प्राय जस्ताे सलमान खानकाे मा चर्चा भारतमा मात्र नभइ संसरभर हुन्छ । उनिसँग नजिकन चाहाने युवतीको संख्या असंख्य छ । बलिउडकै कुरा गर्दापनि धेरै नायिका हरू छन् जो उनिसँग फिल्ममा सँगै देखिन लालयित हुन्छन ।

तर, केहि यस्ता नायिका पनि छन् । जो उनिसँग काम गर्न नै चाहदैनन् । सलमान खानको यती लामो फिल्मी जीवनमा केहि यस्ता अभिनेत्री छन जो एक पटक पछि कहिल्यै पनि सँगै काम गरेनन् ।

ट्विङ्कल खन्ना:

ट्विङ्कलले सन् १९९८ मा रिलिज भएको फिल्म ‘जब प्यार किसी से होता है’ मा काम गरेकी हुन् त्यसपछि हालसम्म उनिहरू सँगै काम गरेका छैनन् ।

दीपिका पादुकोण:

फिल्म ‘ओम शान्ति ओम(२००७)’ बाट फिल्मी करियरको सुरुवात गरेकी दीपिका अहिले बलिउडमा शीर्ष स्थान छिन् । तर आज सम्म दीपिका र सलमान एक पटक पनि सँगै देखिएका छैनन्।

जुही चावला:

सलमान खानलाई जुही चावलासँग एक साथ देखिएको छैन। फिल्म दीवाना मस्तानामा सलमानले एक गेस्ट रोल गरेका थिए। उक्त फिल्ममा जुही चावला मुख्य भूमिकामा थिएन्। तर अहिले सम्म सलमान खान र जुही चावलाको जोडी फिल्ममा देखिएको छैन l

कंगना राणावत:

कंगनाको बलिउडमा प्रवेश गरेको पनि धेरै भइसक्यो तरपनि कंगनालाई पनि सलमान खानसँग कुनै पनि फिल्ममा देखिएको छैन।

रविना टन्डन:

९० को दशककी चर्चित अभिनेत्री हुन् रविना टन्डन । सलमान खान र रविनाले ‘अंदाज अपना-अपना’ फिल्ममासँगै काम गरेका थिए। यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो। तर त्यसपछि हालसम्म रविना र सलमान खान एकसाथ देखा परेका छैनन्।

विद्या बालन:

विद्या बालनले सन् २००५ मा रिलिज भएको चलचित्र ‘परिणिता’ बाट बलिउडमा प्रवेश गरेकी हुन् । अहिले विद्याको बलिउडमा देखिएको पनि १५ वर्ष भइसकेको छ। तर सलमान विद्या सँगै देखिएका छैनन।


Last Updated on: April 2nd, 2021 at 10:12 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया