सोमबार ३१ जेठ २०७८

काठमाडौं – हाम्रो समाजमा नवजात शिशुलाई घाममा राखेर तेल लगाउने, आँखामा गाजल लगाउने जस्ता प्रचलन रहेका छन् । परम्परागत रुपमा शिशु स्याहारका लागी गर्दै आइरहेका क्रियाकलाप कत्तिको सहि छन् त्यसबारे हामि त्यति जानकारी लिन चाहादैनौं । हाम्रा पुर्खाहरुले गर्दे आइरहेका क्रियाकलाप सहि नै होलान भन्ने मनस्थितीले हामिले त्यसलाई सहर्ष स्विकार गरि अघि बढिरहेका छौं । तर हामीले शिशु स्याहार सम्बन्धी अस्वस्थकर शैलीलाई परिमार्जन गर्नुपर्छ। बालबालिकाको स्वास्थ्यका लागी फाइदा हुने प्रचलनलाई मात्र निरन्तरता दिनुपर्छ।

परम्परागत रुपमा बालबालिकाको आँखामा लगाइने गाजलले बालबालिकाको क्षणिक सुन्दरता बढाए पनि स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने विज्ञहरु बताउँछन् । विज्ञका अनुसार, गाजलमा लिड भन्ने धातुको मात्रा धेरै हुन्छ । जुन शरिरमा प्रवेश गरेर लिड पोइजनिङ गराउन सक्छ । जसका कारण स्वास्थ्यमा यस्तो प्रभाव पार्न सक्ने विज्ञले बताएका छन् ।

रगत कम हुने,

ढुंगाामाटो जस्ता अखाद्य वस्तु खाने,

कब्जियत,

दिमागी विकास ढिलो हुने,

सिक्ने शक्ति कम हुने,

सुन्ने शक्ति कम हुने,

तौल नबढ्ने,

खानामा रुचि कम हुने,

छारे रोग, लाग्ने,

सुस्त हुने पेट दुख्ने

बालबालिकाको आँखामा गाजलका साथै अरु कुनै पनि मेकअपका साधन प्रयोग गर्नुहुदैँन । त्यस्ता वस्तु संक्रमण र एलर्जीको स्रोत हुन सक्छन् ।


Last Updated on: April 2nd, 2021 at 10:42 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया