मंगलबार ०९ कार्तिक २०७८

भारतीय क्रिकेटका पूर्वकप्तान तथा दिग्गज खेलाडी सचिन तेन्दुलकरलाई कोरोनाभाइरस संक्रमण भएको छ। तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यसका बारेमा उनले आफ्नो सामाजिक संजाल ट्वीटर ह्याण्डलबाट जानकारी दिएका छन्।

उनले लेखे, ’कडा सावधानी र चिकित्सा उचित सल्लाहपछि अस्पतालमा भर्ना भएको छु । म केहि दिनमा घर फर्कने आशा गर्दछु। तपाइँहरु सबै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र सुरक्षित रहनुहोला ।’

यसैगरी, आजैकै दिन सन् २०११ मा अप्रिल २ मा, भारतीय क्रिकेट टीमले विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जितेकोमा सबैमा बधाई दिएका छन्। सचिनलाई केहि दिन मात्र कोरोना संक्रमण भएको थियो।


Last Updated on: April 2nd, 2021 at 11:58 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया