आइतबार ३० जेठ २०७८

इटहरी । युवतीमाथि करणी पछि लु ट पा ट ग रे को आ रो प मा सुनसरी प्रहरीले १ पुरुषलाई पक्राउ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युवतीलाई होटलमा बोलाइ ।यस्तो कार्य गरेपछि प्रहरीले कास्कीका पुरुषलाई इटहरीमा पक्राउ गरेको हो ।

पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङ छन् । प्रहरीका अनुसार राजीवले टिकटकमार्फत चिनजान भएकी युवतीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए । होटेलमा २ दिनसम्म युवतीमाथि क र णी ग रे र राजीव पी डि त यु व ती कै ग र गहना र पैसा लि एर फ रार भएका प्रहरीको भनाइ छ ।

कास्कीबाट गत माघ २५ गते इटहरी आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा २ दिन बसेका थिए । होटलमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जा हे री परेको थियो ।

इटहरीकी युवतीमाथि यस्तो कार्य गरेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जाँदै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । इटहरीकी युवतीलाई ठ गी ग रेर गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट पक्राउ परेका हुन् ।

यो पनि, ह राएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । त्यस अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ । हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ ।


Last Updated on: April 2nd, 2021 at 12:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया