सोमबार ०७ आषाढ २०७८

अहिले सामाजिक सञ्जालमा श्रीमान श्रीमतीको विवाद भाइरल हुन थालेका छन् । परिवारको विवादलाई युट्युवर बोलाउँदै सार्वजनिक गर्दा धेरैलाई अप्ठेरो परेको छ । यहाँ पनि यस्तै भिडियो सार्वजनिक गरिएको छ । जहाँ श्रीमान श्रीमतीको विवाद देख्न सकिन्छ । वुटवलका गीता गाहा र मनोज गाहाबीचको विवाद युट्युव मार्फत सार्वजनिक गरिएको हो । मनोजले आफ्नो श्रीमती अर्कै युवकसंग हिडेको आरोप लगाएका छन् भने श्रीमानले अनावश्यक आरोप लगाएर आफ्नो वे इज् जत गरेको भन्दै दुख पोखेकी छन् ।

गीता गाहा करिब डेढ महिना देखि श्रीमानको सम्पर्कमा थिइनन् । उनी सम्पर्कमा नभएपछि मेरो श्रीमती खोजीदिनु भन्दै उनले युट्युवर बोलाएका थिए । उनले घटनाका बारेमा सार्वजनिक गरेपछि श्रीमती सम्पर्कमा आएको बताएका छन् । उनले श्रीमतीलाई केही भयो की भन्ने शंका निवारण भएको भन्दै खुसी लागेको भएपनि श्रीमती अरुसंगै गएको थाहा पाए पछि दुख लागेको बताएका छन् ।

श्रीमानले अर्को युवकसंग गएको हो भन्ने कुरा प्रमाणीत गर्न उनले श्रीमानलाई चे ता वनी दिएकी छन् । उनले उल्टै श्रीमानलाई भिडियोमै प्रमाण सहित फेला पारेपछि आफु घरवाट हिडेको बताएकी छन् । उनीहरुले एक अर्कालाई आ रो प लगाएका छन् । उनले घरको झ्याल समेत फोरेको पनि दावी गरेकी छन् । उनले अर्को महिलाका लागि आफ्नो श्रीमतीलाई हेला गरेपछि घर छोड्न वाध्य भएको बताएकी छन् ।

उनले श्रीमान लागेको महिलालाई आफुले सम्झाउन समेत खोजेको बताइन् । उनले युवतीसंग आफुले भिडियो समेत फेला पारेको बताएकी छन् । आफुले धेरै पटक सम्झाउँदा पनि तपाईको छोराले मानेनन् भनेर सासुलाई पनि भनेको बताएकी छन् । त्यती बेला सासुले किन त्यसै छोडिस् प्रहरी कार्यालय लैजानु पर्ने थियो भनेर भनेको बताएका छन् ।


Last Updated on: April 2nd, 2021 at 5:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया