मंगलबार ०९ कार्तिक २०७८

काठमाडौ । सामाजिक सञ्जालमा भाइरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघर्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् ।

उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ । पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो ।

श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् । हेर्नुहोस


Last Updated on: April 2nd, 2021 at 7:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया