बिहिबार १० आषाढ २०७८

काठमाडौँ। भारतमा पछिल्लो ६ महिना यताकै सबैभन्दा बढीमा कोरोना संक्रमण भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा कोरोनाका ८१ हजार ४६६ जना संक्रमित भेटिएको छ। जुन पछिल्लो ६ महिना यताकै सबैभन्दा बढी संक्रमण भएको बीबीसीले जनाएको छ।

संक्रमणमा उछाल आएसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६ सय ९६ पुगेको छ। यसैगरी, पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४ सय ६९ जनाको मृत्यु भएको छ। यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख ६३ हजार ३ सय ९६ पुगेको छ।

भारतमा पछिल्लो एक हप्तामा संक्रमणको दर तिब्ररुपामा बढ्दो छ। बिहीबार भारतमा ७२ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका थिए। केन्द्रीय मन्त्रालयका अनुसार भारतमा कुल एक करोड १५ लाख २५ हजार ३९ जनाले कोरोनालाई जितिसकेका छन् भने अहिलेसम्म भारममा ६ करोड ८७ हजार ८९ हजार १ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।


Last Updated on: April 2nd, 2021 at 8:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया