सोमबार ०७ आषाढ २०७८

अहिले देशभर चिसो भइरहेको छ। सोमबार देशको प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । त्यस्तै आज तराई भू-भागमा बाक्लो हुसु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १ का पहाडी भू-भागका एकदुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।


Last Updated on: January 18th, 2021 at 7:56 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया