मंगलबार ०९ कार्तिक २०७८

चर्चित गायिका अन्जु पन्तले आमाको स्मृतिमा डा. सदानन्द कडेलद्वारा लिखित ‘निस्वार्थी माया आमाको’ गीत गाएकी छिन् ।

प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको एरेन्ज रहेको सो गीतको भिडियो बिहिवार सार्वजनिक गरिएको छ। इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको भिडियोको निर्देशन सन्जिब पौडेल र यस गीतका सङ्गीतकार प्रमोद पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ।

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ।

सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो।


Last Updated on: April 3rd, 2021 at 8:25 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया