बुधबार ०३ कार्तिक २०७८

किव – युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकास पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो ।

युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकास दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो । महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।

सरोकारवालाहरुको सुझाव र आग्रहलाई ध्यान दिँदै महिलाको अवकास उमेर वृद्धि गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्याङ्क अनुसार युक्रेनमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या धेरै रहेको छ ।

पछिल्लो विवरण अनुसार महिलाको जनसङ्ख्या दुई करोड २४ लाख रहेको छ भने पुरुषको जनसङ्ख्या एक करोड ९३ लाख रहेको छ ।तीमध्ये एक करोड ७६ लाखभन्दा बढी मानिस काम गर्ने समूहका रहेका छन् । ती मध्ये ४७.६ प्रतिशत महिला रहेका छन् । युक्रेनमा १५ बर्षभन्दा बढी उमेर भएकालाई काम गर्न सक्ने उमेर समूहमा राख्ने गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।सिन्ह्वा


Last Updated on: April 3rd, 2021 at 9:53 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया