मंगलबार ०९ कार्तिक २०७८

काठमाडौं। आफ्नो फ्ल्याटमा वेश्या बोलाएर बसेका २७ वर्षका एक शिक्षकसँग ती वेश्यालाई दिने पैसा नभएपछि उनी छिमेकीको घरमा चोरी गर्न भन्दै पसे । उनले त्यहाँ पैसा चोरी गर्न पाएनन् बरु उल्टै रंगेहात समातिए । सोधपुछका क्रममा उनले आफू वेश्यालाई पैसा दिनको लागि चोरी गर्न छिमेकीको घरमा पसेको बताएका थिए । अदालतले उनलाई ६ वर्ष जेल सजाय सुनाएको छ ।

घटना बेलायतको हो । डेली मिररको रिपोर्टअनुसार २७ वर्षका एडम मोरिसन कम्प्युटर साइन्सका शिक्षक हुन् । उनले त्यस दिन आफ्नो फ्ल्याटमा मदिरा र ड्रग्स सेवन गरेका थिए र उनले वेश्या पनि बोलाएका थिए । तर, शारीरिक सम्बन्धपछि यी वेश्याले धेरै पैसा माग्न थालिन् । एडमसँग त्यतिबेला अरु पैसा थिएन । त्यसपछि उनले चोरी गरेरै भए पनि पैसा दिने सोचले छिमेकीको घरमा पसे । एडम मुखमा मास्क लगाएर, नाङगो खुट्टा छिमेकीको घरमा रातको ११ बजेतिर पसेका थिए ।

त्यतिबेला छिमेकी जोडी स्याम र ग्रेस राइट सुत्ने तयारीमा थिए । एडमलाई आफ्नो घरमा पसेको छिमेकी महिला ग्रेसले देखिन् । त्यसपछि उनले स्यामलाई सुटुक्क यसबारे बताइन् । त्यसपछि स्याम र एडमबीच भिडन्त भयो, एडमले स्यामलाई घाइते पनि बनाए तर अन्ततः स्यामले एडमलाई नियन्त्रण गर्न सफल भए । त्यसपछि उनीहरुले पुलिसलाई खबर गरे ।

यो मुद्दाको सुनुवाइको क्रममा एडमका वकिलले एडमको प्रतिरक्षामा एडम एक शिक्षक भएको, उनकी आमा सामाजिक कार्यकर्ता भएको र उनका दाजुभाइ दिदीबहिनीहरु राम्रो पोजिसनमा रहेको बताए । एडम यो घटनाका कारण लज्जित भएको र उनको यसअघि कुनै आपराधिक रेकर्ड नभएकोले उनको सजायमा विचार गर्न आग्रह गरेका थिए । तर, एडमले स्याममाथि आक्रमण गरेको, ग्रेसको भित्री वस्त्र चोरी गरेको र हिंसात्मक व्यवहारका कारण अदालतले उनको सजाय यथावत राखेको छ ।


Last Updated on: April 3rd, 2021 at 12:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया