बुधबार ०३ कार्तिक २०७८

काठमाडौं – हाम्रो स्वास्थ्यको लागि फाइदाजनक फल हो नरिवल । नरिवल खाँदा स्वादिलो मात्र होइन शरिरलाई धेरै फाइदा पनि गर्छ ।

नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ। नरिवल खान मात्र होइन तेल बनाउन, खाद्द पदार्थ बनाउन र आर्युवेदिक औषधि बनाउन पनि प्रयोग गरिन्छ।

थुप्रै गुणले सम्पन्न नरिवलको पानी पनि फाइदाजनक छ । उल्टी, पेटको अल्सर, ग्यास्ट्रिक आदि रोगका लागि यसको पानी लाभकारी मानिन्छ भने कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा औषधिको रूपमा लिइन्छ । यस्तै नरिवल खाँदा पनि हाम्रो शरिरलाई धेरै फाइदा गर्छ ।

नरिवल खाँदाका फाइदाहरु

१. शरिरको तौललाई सन्तुलन राख्न मद्दत गर्दछ

२. शरीरमा उर्जा विकास गर्ने

३. प्रतिरक्षा प्रणालीको सुधार गर्ने

४. कोलइस्ट्रोल कम गर्न मद्दत गर्दछ

५. पाचनिक्रयामा सहयोग पुर्याउछ

६. छालालाई चम्किलो राखिराख्न सहयोग गर्छ

७. हाडजोर्जी तथा दाँतका लागि फाइदाजनक

८. मुटुलाई तन्दुरुस्त राख्छ

९. चाउरीपना हटाउन मद्दत गर्छ

१०. हरमोनलाई नियमित क्रियामा राख्दछ

११. मेटावोलिजम बढाउँछ

१२. उचित मात्रामा सेवन गरेमा थाइराइडलाई नियन्त्रणमा राख्न सहयोग गर्छ


Last Updated on: April 3rd, 2021 at 12:42 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया