शनिबार १८ मंसिर २०७८

###आइतबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनह्याम हट्सपरले सानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनह्यामले सेफिल्ड युनाइटेडलाई ३-१ गोलले पराजित गरेको हो । उक्त खेलको ५‍औं मिनेटमा टोटेनह्यामका सर्ज औरियरले गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ४० औ मिनेटमा ह्यारी केनले गोल गरे । त्यसपछि खेलको ५९ औं मिनेटमा सेफिल्ड युनाइटेडका डेभिड म्याक गोल्ड्रिकले गोल गरे ।

गोल्ड्रिकले गोल गरेको तीन मिनेटमा टोटेनह्यामका टान्गे एनडोम्बेलेले गोल गरी टिमलाई जित दिलाए । जितसँगै टोटेनह्याम १८ खेलबाट ३३ अंङ्क जोड्दै ५ औं स्थानमा रहेको छ ।


Last Updated on: January 18th, 2021 at 8:24 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया