बुधबार ०३ कार्तिक २०७८

अमेरिकी डिजिटल आर्टिस्ट बिपलको एउटा जम्मा १० सेकेण्डकेा भिडियो क्लिप झण्डै ८० करोड रुपैयाँमा बिक्री भएको छ ।

त्यो भिडियो झ्वाट्ट हेर्दा त्यतिधेरै रकम पर्नुपर्ने कुनै कारण देखिँदैन । तर, भिडियो यतिधेरै चर्चित भयो कि अन्ततः करोडौँमा बिक्री हुने बहुमुल्य चिज बन्यो ।

गत अक्टोबरमा मियामीका एक कलाकृति संकलनकर्ता पाब्लो रोड्रिगेजले उक्त भिडियोलाई ६७ हजार डलरमा खरिद गरेका थिए । सोही भिडियो हाल उनले ६६ लाख डलरमा बिक्री गरेका हुन् ।

वास्तवमा डिजिटल आर्टिस्ट बिपलले बनाएको उक्त भिडियोको अथेन्टिकेसन ब्लाकचेनसँग छ । यस्तोमा जोसँग यसको ओरिजिल प्रति हुन्छ उसको डिजिटल सिग्नेचरबाटै त्यो खुल्दछ । यसलाई नन फंगेबल टोकन अर्थात् एनएफटी पनि भनिन्छ ।


Last Updated on: April 3rd, 2021 at 2:16 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया