शनिबार ३० आश्विन २०७८

धेरै मानिसहरुको ढिलो गरेर खाना खाने बानी हुन्छ । कुनैले बेलुका चाडै खाना खाएपनि सुत्ने बेलामा सामान्य खानेकुराहरु खाने गर्छन् ।

चाडै खाना खाएमा सुत्ने बेलामा कुनैलाई भोक लाग्ने गर्छ । तर यस्ता खानेकुरा पनि छन्, जुन सुत्ने बेला नखानु नै राम्रो हुन्छ । केही खानेकुराहरु सुत्ने बेला खाएमा स्वास्थ्यमा समस्या हुन्छ ।

सुत्ने बेला यी खानेकुरा नखानुहोस्

खुर्सानी – धेरैले सुत्ने बेला धुलो खुर्सानी मिसाएको खानेकुरा खाने गर्छन्। सुत्ने बेला धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या देखा पर्न सक्छ ।

मासु – सुत्ने बेला मासु पनि नखानु नै राम्रो हुन्छ । धेरै मानिसहरुले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यको लागि फाइदाजनक मानिदैन । यसले पाचन प्रक्रियामा समस्या ल्याउछ । यसमा प्रोटिन धेरै हुने भएकाल मोटोपना बढाउछ र अपच पनि हुन्छ ।

आलु – आलु र आलुबाट बनेको खानेकुरा हामिले बिहानमा खानु नै राम्रो हुन्छ । यस धेरै क्यालोरी हुने भएकाले राती खाँदा तौल बढ्ने गर्छ ।

चकलेट – सुत्ने बेला चकलेटका गुलिया चीज नखानु नै राम्रो हुन्छ । यसमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। चकलेट दाँतमा टाँसिएर बस्ने हुनाले यसले बच्चाको दाँत बिगार्छ र एसिडिटी पनि बढाउँछ।

पास्ता – सुत्ने बेला पास्ता र पीजा जस्ता खानेकुरा खानुहुँदैन । पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ।

स्याउ – स्याउ पनि सुत्ने बेला नखानु राम्रो हुन्छ । बिहानको समयमा स्याउ खानु राम्रो हुन्छ । स्याउमा प्रोटिन हुन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउछ । तर सुत्ने बेला खाँदा पचाउन समस्या हुन्छ भने एसिडिटि पनि हुन्छ ।


Last Updated on: April 3rd, 2021 at 6:42 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया