शनिबार ३० आश्विन २०७८

‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा बलिउड अभिनेता अजय देवगन देखिएका छन् । सार्वजनिक पोष्टरलाई दर्शकले निकै मन पराएका छन् ।

निर्देशक राजामौली अजयको नयाँ लुक सार्वजनिक गर्दै निर्देशक राजामौलीले भनेका छन् लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ । उनले अजयको जन्मदिनका शुभकामना दिदै पोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अजयलाई एक योद्धाको भुमिकामा देखिएको छ ।

राजामौलीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन सँगै एनटिआर, रामचरण, आलिया भट्ट तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ । महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । फिल्म आगामी १३ अक्टोबरमा रिलिज गरिने बताइएको छ ।


Last Updated on: April 3rd, 2021 at 6:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया