आइतबार ३१ आश्विन २०७८

प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा झापामा युवाहरुले संयुक्त लगानीमा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन गरिरहेका छन्। दुई करोडको लगानीमा मेचीनगरका तीनजना र पाँचथरका एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर सुपारी खबटाबाट सामग्री उत्पादन सुरु गरेका हुन् ।

डेढ वर्ष अघि सुरु गरिएको सो उद्योगबाट प्लेट, थाल बोटुका चम्चा लगायत १० प्रकारका सामग्री उत्पादन भइरहेको उद्योगका सञ्चालक निर्मल सुवेदीले बताए । ती सामग्रीहरुको होलसेल मूल्य ३ रुपैयाँ देखि १७ रुपैयाँसम्म रहेको छ। समाजमा केहि नयाँ कामको थालनी गरौँ र जसबाट पर्यावरण सन्तुलनमा समेत योगदान रहोस् भन्ने सोचका साथ यस किसिमको उद्योग सञ्चालन गरेको उनको भनाइ छ ।

प्लाष्टिकले बातावरणीय सन्तुलन बिग्रिँदै गएको र उपभोक्ताहरु समेत स्वास्थ्यप्रति सचेत बन्दै गएपछि प्लाष्टिकजन्य सामग्रीको विकल्पमा विषादिरहित सामग्री उत्पादन सुरु गरिएको सुवेदीले बताए। २०७६ भदौबाट सञ्चालनमा आएको उद्योगमा विषेशगरी विवाह, पार्टी, ब्रतबन्ध तथा धार्मिक अनुष्ठानहरुमा प्रयोग हुने सामग्रीहरु उत्पादन हुने गरेको छ । मेचीनगर–५ स्थित अँधेरीमा रहेको उद्योगमा अहिले स्थानीय क्षेत्रका १२ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरिरहेका छन् ।

अप्रत्यक्ष रुपमा २०० बढीले रोजगारी पाएको अर्का सञ्चालक याम निरौलाको भनाइ छ । उद्योगको सुरुमा सानो परिमाणमा सामग्री उत्पादन गरिएकामा पछिल्लो समय बजारको माग अनुसार उत्पादनलाई बढाउँदै लगिएको छ। उत्पादन झापा लगायत मोरङ, विराट नगर, काठमाण्डौँ, बुटवल र पोखरालगायतका ठूला शहरहरुमा बढी खपत हुनेगरेको छ ।

उद्योग सञ्चालनको लागि मेचीनगर–५ का निर्मल सुवेदी, मेचीनगर–६ का याम निरौला, सोही वडाका हेमन्त महत र पाँचथरका हिमाल निरौलाको पँचास पँचास लाख लगानी रहेको छ। बजारमा आएका प्लाष्टिकजन्य सामग्रीको सट्टामा स्थानीय कच्चा पदार्थबाट उत्पा दन भएको पूर्णरुपमा अग्र्यानिक यस्ता बस्तु र उत्पादन गर्ने उद्योगलाई स्थानीय सरकारले पनि संरक्षण र प्रवद्र्धनमा साथ दिनु पर्ने देखिन्छ ।


Last Updated on: April 3rd, 2021 at 7:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]m मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५३० पटक हेरिएको

तपाईको प्रतिक्रिया