शनिबार ३० आश्विन २०७८

गत पुष ५ गते दाजु प्रवीण बास्तोलाको रहस्मय मृत्यु भएपछि नेपाल आएर न्यायको लागि संघर्ष गरेकी सदिक्षा बास्तोला अमेरिका उडेकी छिन् । अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा पाइलट तालिम पुरा गर्न बास्तोला अमेरिका फर्किएकी हुन् ।उनको दाई उर्लाबारीका ३२ वर्षीय प्रवीण बास्तोलाको रहस्यमय मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान गर्दै उनको मृत्यु भवितव्य भन्यो । र एक महिनामै उक्त केश पनि बन्द गरियो ।

सो घटनापछि निकै विक्षिप्त बनेकी सदिक्षा दाईमाथि अन्याय भएको भन्दै नेपाल फर्किएर न्यायका लागि अगाडि सरिन् । नत्र केश ढिसमिस पार्न खोजिएको थियो । उनले फेसबुक लाईभ मार्फत प्रहरीले काम कारवाहिमा फितलो गरेको उजागर गरेपछि ‘बास्तोला मृत्यु प्रकरण’ भाईरल भएको थियो । त्यस अनरुप उनले देशवाशीको साथ पाएकी थिईन् ।

अमेरिका उड्न अघि एयरपोर्टमा बिएल नेपालीसेवासँग कुराकानी गदै उनले न्यायको लडाईमा साथ दिने सबैमा धन्यवाद प्रकट गरिन् । उनले भनिन्, आज हजुरहरुको साथ सहयोग बिना घटनामा दोशी भनिएकाहरु पक्राउ पर्र्ने थिएनन्, प्रहरीले अनुसन्धान नै फितलो गरेको थियो , साथ सहयोग लागि धन्यवाद । म पाईलटको कोर्ष सकेर फर्किनेछु ।


Last Updated on: April 3rd, 2021 at 7:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया