बुधबार ०३ कार्तिक २०७८

५ माघ, पोखरा । देशमा लकडाउन जारी थियो । बजेट ल्याउनैपर्ने भएपछि गण्डकी प्रदेश सरकारले अधिवेशन बोलायो । सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी नदीपुरस्थित प्रदेश सभा भवनबाट पोखरा सभागृहमा बैठक बोलाइयो ।
कोरोनाको त्रास र जोखिमबीच बसेको त्यही बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ सम्बन्धी संकल्प प्रस्ताव दर्ता गर्‍यो । एक घर, एक पीसीआर, स्वास्थ्य ###जनशक्ति, भेन्टिलेटर, आईसीयू र आइसोलेसन कक्षको व्यवस्थापन एवं निर्माण र कोरोनाका कारण मृत्यु हुनेहरुको शव व्यवस्थापन लगायतको माग राखेर गत असार २३ गते कांग्रेसले संकल्प प्रस्ताव गर्दा गरायो ।कोरोनाको संक्रमण दर र मृत्यु संख्यासमेत बढिरहेका बेला स्तरीय क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापन, नियन्त्रण र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनेर सरकारको आलोचना भइरहेको थियो । संकल्प प्रस्तावलाई कार्यसूचीबाटै हटाइदिएपछि कांग्रेसले तीन पटकसम्म संसद अवरुद्ध गयो । कांग्रेसको संकल्प प्रस्तावलाई दुई तिहाइ बहुमतको प्रदेश सभाले साउन २२ गते फेल गराइदियो । नेपाली कांग्रेसले जनताको जीवन पैसासँग दाँजिएको भन्दै फेरि संसद अवरुद्ध गर्‍यो ।
साउन अन्तिमसम्म गण्डकी प्रदेशमा १ हजार ७ सय ३५ जना संक्रमितमध्ये २०१ जना सक्रिय संक्रमित थिए । पाँच जनाको मात्र ज्यान गएको थियो ।


Last Updated on: January 18th, 2021 at 8:52 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया