बुधबार ०३ कार्तिक २०७८

काठमाडौं, ५ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनको उत्कर्षमा बिस्तारै आमहड्तालतिर जानुपर्ने हुनसक्ने बताएका छन । संसद विघटनविरुद्धको आन्दोलनको घोषणा गरेका नेकपाका अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले आन्दोलनको उत्कर्ष आमहड्ताल हुनसक्ने संकेत गरेका छन् ।

सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन् । उनले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले त्यागेको दावी गरेका छन् ।

केपी ओलीले प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेकाले आन्दोलन नरोकिने उनको भनाई थियो । प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने तर्क गरेका छन् ।


Last Updated on: January 18th, 2021 at 5:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया