आइतबार १२ मंसिर २०७८

काठमाण्डौंको टोखामा एक ब्यक्तिको ज्यान लिइएको र एकको देह त्यागबारे प्रहरी अनुसन्धान जारी छ । उनीहरु दम्पति हुन् जसमध्ये पति ३ महिना मात्र अमेरीकाबाट नेपाल आएका थिए र घटना नभएको भए उनी अमेरीका फर्किसकेका हुने थिए ।

टोखामा उमेश केसीको ज्यान उनकै श्रीमती सुदीक्षाले लिएको निष्कर्षनजिक प्रहरी अनुसन्धान पुगेको पाइएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुदिक्षाले आवेशमा आएर पतिको ज्यान लिएको र शव ब्यवस्थापन गर्ने कोशिस गरेको देखिएको छ ।

यस्तो गर्न सम्भव नभएपछि सुदिक्षाले पनि देह त्याग गरेको पाटो तर्फ अनुसन्धान केन्द्रित छ । उमेशको ज्यान लिएपछि सुदिक्षाले देह त्याग गर्दाको समय १० घन्टा बढि भएको पोष्ट मार्टम रिपोर्टले देखाएको छ ।

सुदीक्षाले त्यही योजना साथ आफ्नी दिदीलाई बोलाएको हुनसक्ने ती अधिकारी बताउँछन् । भन्छन्, ‘उमेशको ह’ ‘त्या भएको कुरा शर्मीलाले बिहीबार नै थाहा पाएर सुदीक्षालाई भेट्न पुगेको हुनपर्छ भन्ने हाम्रो निष्कर्ष छ । नत्र पठाओ प्रयोग गरेर उनी राति त्यहाँ किन पुगिन्? र, पुगेको २ मिनेटमै किन फर्किन्?’

त्यो भेटमा सुदीक्षा र शर्मीलाबीच उमेशको शव व्यवस्थापन गर्ने विषयमै छलफल भएको हुन सक्ने प्रहरीको अनुमान छ । ुबिहीबार राति शव व्यवस्थापन गर्न नसकेपछि अन्तिममा सुदीक्षाले देहत्याग गरेको हुन सक्छु, ती अधिकारीले भने ***
उमेशको यस्तो गतिविधिले सुदीक्षाको गर्भमा भएको सन्तान आफ्नो हो वा होइन भन्ने आशंका सुदीपलाई लागेको अनुमान लगाउन सकिन्छ । सुदिपले ग्राण्डी अस्पतालमा र बि एण्ड बी अस्पतालमा जाँच गराएको भेटिएको छ । ग्राण्डीमा गराएको परिक्षण पछि आएको रिपोर्टमा उमेशको गो’प्य अं’गले राम्रोसँग काम नगर्ने आशंका गरेको छ***

घटना भन्दा केहिदिन अघि पुस १७ गते ग्रान्डी अस्पतालमा उनका श्रीमान उमेशले आफ्नो स्वास्थ्य परीक्षणसमेत गराएको खुलेको छ । त्यसक्रममा उनको लिं,’गले राम्रोसँग काम नगरेको भन्ने सम्बन्धमा पनि चिकित्सकसँग कुराकानी भएको भन्ने स्रोतले बताएको छ ।

तर उनको श्रीमतीको ग’र्भका शिशुको बारेमा उनको स्वास्थ्यसँग सम्बन्ध भने रहेको कुनै तथ्य फेला नपरेको प्रहरीको भनाइ छ । त्यस्तै उमेशले आफ्ना दाइसँग स्वास्थ्य समस्याबारे संक्षेपमा मात्र कुरा गरेको बताइएको छ । उनले उनका दाईसँग होलबडी स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको बताएका थिए ***
घटनास्थलमा मृतक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको थियो। तर शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृत अवस्थामा फेला पारेको अनि आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी थिइन ।

तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शंकाको घेरामा छ । आफू आत्तिएर घटनाबारे जानकारी गराउन नसकेको जिकिर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको थियो।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी विवाद, कुराकानीका क्रममा निम्तिने आवेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने कटुता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सिध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घटना घटेको हुन सक्छ,’ उनले भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’

गत ७ कात्तिकमा उमेश अमेरिकाबाट तीन महिनाका लागि नेपाल आएका थिए । आएको पर्सिपल्ट अर्थात् ९ कात्तिकदेखि श्रीमतीसहित उनी ग्रान्डी भिल्ला कोलोनीमा भाडामा बस्दै आएका थिए ।


Last Updated on: January 18th, 2021 at 5:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया