आइतबार ०७ कार्तिक २०७८

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका बेलाका सबै सहमति लत्याएको बताएका छन

‘उहाँ पहिलो जबज छोड्ने मानिस हो,’ अखिल नेपाल महिला संघले आज गरेको कार्यक्रममा उनले भने, ‘सबै सहमतिलाई लत्याएर जाँदाजाँदै संविधान नै हत्या गर्ने, संविधानमाथि नै कुठाराघात गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने ठाउँमा उहाँ पुग्नुभयो।’

ओलीले पार्टी एकतादेखिका सहमतिमा गरेका हस्ताक्षरलाई फर्केर हेर्दा सबै कीर्ते रहेको प्रचण्डको भनाइ छ।

‘फर्केर अहिले हेर्दा हस्ताक्षर गरेको कीर्ते रहेछ। जाली हस्ताक्षर रहेछ,’ उनले भने, ‘साँचो हस्ताक्षर गर्नेले यस्तो अपराध गर्न सक्दैन।’

आफूलाई प्रधानमन्त्री पद ठूलो नभएको प्रचण्डको भनाइ थियो। संविधान बन्ने बेला संविधान बनाउनेलाई ठूलो मानिएको प्रचण्डले बताए।

ओलीले सबै सहमति कीर्ते हुने गरी सहमति लत्याएको प्रचण्डको आरोप छ। ‘उहाँले पार्टी निर्णय मान्नुभन्दा संविधान नै सिध्याइदिने?,’ उनले भने।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।


Last Updated on: January 18th, 2021 at 6:00 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया