सोमबार ०७ आषाढ २०७८

५ माघ, काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय बालुवाटारमा बुझाएका छन् । निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरु पत्र बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

Last Updated on: January 18th, 2021 at 6:08 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया