शनिबार १८ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दू राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् ।
‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने ।
दलीय भूमिकाभन्दा माथि रहने, निष्पक्ष राष्ट्रप्रमुख आवश्यक रहेको अध्यक्ष राणाको भनाइ छ । प्रजातन्त्र जोगाउन पुरानो राजसंस्था चाहिएको भन्दै राजसंस्था पुनःस्थापनाको पक्षमा उनले वकालत गर्दै आएका छन् ।


Last Updated on: January 18th, 2021 at 10:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया