बुधबार ०३ कार्तिक २०७८

काठमाडौं – पछिल्लो समय बलिउड अभिनेता वरुण धवनको विवाहको निकै चर्चा छ ।

बलिउड गायिका नेहा कक्कर र आदित्यनारायण झाबीचको विवाहको चर्चा सेलाउन नपाउदै वरुणको विवाहको चर्चा शुरु भएको हो ।

भारतिय मिडियाका अनुसार वरुणले जनवरी २४ तारिख मा प्रेमिका नताशा दलालसँग विवाह गर्ने भएका हुन् । उनीहरुको विवाहको कार्यक्रम २६ जनवरीसम्म चल्ने बताइएको छ ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी नताशासँग उनले विवाह गर्दैछन् । पाँच दिन लामो विवाह अलीबागको एक पाँचतारे होटलमाट हुने बताइएको छ ।

विवाह कार्यक्रममा ४० देखि ५० जनाको मात्रै उपस्थिति रहने बताइएको छ। विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी पनि राखेको बताइएको छ ।


Last Updated on: January 19th, 2021 at 7:19 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया