आइतबार ०७ कार्तिक २०७८

###काठमाडौँ । अहिले अनुहार चम्किलो बनाउन, नरम बनाउन वा समग्र अनुहारको सौन्दर्यमा निखार ल्याउनका लागि धेरै मेहनत गर्नुपर्दैन।

बजारमा भनेजति सौन्दर्य प्रशाधन छन्। अनुहारमा लगाउने थरीथरीका क्रिम छन्, जो सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ।

तर, यस्ता क्रिममा रसायनको मिश्रण हुन्छ । यसले प्राकृतिक सौन्दर्यलाई भने नष्ट गर्छ र अनुहारमा कृतिम सुन्दरता दिन्छ। साथसाथै यस्ता प्रसाधनले दीर्घकालिन रुपमा वेफाइदा पनि गर्छ।

त्यसैले त अहिले प्राकृतिक रुपमै कसरी सौन्दर्य कायम राख्ने भन्ने कुरामा बढी सर्तक हुन थालिएको छ । अतः प्राकृतिक सौन्दर्य खोज्नेहरुका लागि एउटा राम्रो विकल्प हुनसक्छ, चामलको माड ।

(कसरी अनुहार चम्काउँछ माडले ?)

चामलको माडबाट अनुहार चम्काउन सकिन्छ । अनुहारलाई मुलायम बनाउन सकिन्छ । किनभने यसले छालालाई स्वास्थ्य र आकर्षक राख्न सहयोग गर्छ।

विशेषगरी चामलको माडले छाला कसिलो बनाउनुका साथै छालाको रोमक्षिद्रलाई कसिलो गर्छ।

जापानी युवतीहरुले आफ्नो छाला तथा कपाल चम्काउनका लागि वर्षौदेखि यो विधि अपनाउने गरेका छन्। यसमा लवण, विटामिन तथा एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ, जसले छालालाई नरम बनाउँछ । यसलाई क्लिञ्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

(कपालको लागि फाइदाजनक)

चामलको माड अनुहारको लागि फाइदाजनक त छ नै, कपालको लागि पनि राम्रो छ । पातलो तथा रुखो कपालको लागि यो कुनै अमृत भन्दा कमी छैन।

चामलको माडलाई कपालमा लगाएर करिब २० मिनेट राखेपछि त्यसलाई स्याम्पू तथा कन्डिसनरले धुनुपर्छ । यसले कपाल सुन्दर हुनुका साथै चम्किलो हुने गर्छ ।


Last Updated on: January 19th, 2021 at 12:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया